काठमाडौं, मंसिर १८ –चुनावी प्रचारप्रसारमा रहेका पूर्व स्वास्थ्यमन्त्री तथा कांग्रेसका युवा नेतासहित ११ जनामाथि काठमाडौं बम आक्रमण गरिएको छ ।
घाइतेमध्ये थापासहित सात जनाको अवस्था सामान्य छ भने चार जनाको अवस्था गम्भीर भएको प्रहरीले जनाएको छ । काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहनुभएका थापासहितको समूहमाथिको आक्रमणले राजधानीकै सुरक्षा व्यवस्था फितलो भएको भन्दै सामाजिक सञ्जालमा सरकारको आलोचना सुरु भएको छ । त्यस्तै विभिन्न दलका नेताहरुले पनि थापामाथिको आक्रमणको निन्दा गरेका छन् ।
विवेकशील साझा पार्टीका नेता तथा काठमाडौं क्षेत्र नम्बर १ का उम्मेदवार रवीन्द्र मिश्रले आक्रमणको निन्दा गर्दै आक्रमणकारीहरुलाई कारबाही गर्न माग गर्नुभएको छ । उहाँले ट्वीटरमा लेख्नुभएको छ, ‘काँतरहरुले संसारमा सधैँ कहिल्यै पनि जित्न सक्दैनन् । गगन थापालाई आक्रमण गर्ने काँतरहरुमाथि कडा कारबाही होस् ।’
काँतरहरूले सन्सारमा सधैं कहिल्यै पनि जित्न सक्दैनन्। गगन थापालाई आक्रमण गर्ने काँतरहरूमाथि कडा कारवाही होस्। चोट लागेका सबैको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु! (फोटो: अनलाइनखबर) pic.twitte