584 views 0 secs 0 comments

बालुवाटारमा प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुखको निवास क्षेत्रमै बम

In देश, राजनीति, समाज
१८ मंसिर २०७४, सोमबार १५:१७

काठमाडौं, मंसिर १८ । काठमाडौंको प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुख बस्ने निवास रहेको बालुवाटारस्थित ‘भिआइपी’ क्षेत्रमै चुनावविरोधी पक्षले बम राखेका छन् ।

अत्यधिक कडा सुरक्षा व्यवस्था रहेको सभामुख निवास अगाडी नै बम राखिएको हो ।

नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको उच्च सुरक्षामा रहेको सभामुख निवासनजिकै राखिएको बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ । एउटा बम निष्क्रिय पारिएको थियो भने एउटा निष्क्रिय पार्नु अगावै पड्किएको थियो ।