612 views 0 secs 0 comments

भीसी गजे घलेकी धर्मपत्नीको निधन

In देश, राजनीति, समाज
१८ मंसिर २०७४, सोमबार १२:०१

गोरखा : दोस्रो विश्वयुद्धमा वीरता देखाएवापत ब्रिटिश सरकारबाट भिक्टोरियाक्रस (भीसी) पदक पाएका गोरखा बारपाकका गजे घलेका धर्मपत्नीको निधन भएको छ । घलेपत्नी धुनगुरी घलेको ९१ बर्षको उमेरमा आइतबार दिउँसो तीनबजे निधन भएको उनका नाति गणेश घलेले जानकारी दिए।

बिरामी भएपछि घलेलाई काठमाडौंको वयोधा अस्पतालमा भर्ना गरिएको थियो । उपचारको क्रममा घलेको निधन भएको घलेले जानकारी दिए । गजे घलेको यसअघि २०५७ सालमा निधन भइसकेको थियो। घले दम्पत्तीको चार छोरा चार छोरी छन्।