पाल्पा, मंसिर १८ । पाल्पामा निर्वाचनमा खटिएका कर्मचारीहरु चुनावका सामग्री बुझेर आ–आफ्ना मतदान केन्द्रतर्फ लागेका छन् ।

६४ प्रकारका सामान र मत पत्रसहित उनीहरु तोकिएका स्थानमा लागेका हुन् । जिल्लामा शान्ति सुरक्षाको अवस्था राम्रो भएकाले निर्धक्क भएर निर्वाचन गराउने कर्मचारीहरुले बताएका छन् ।
दुई निर्वाचन क्षेत्र रहेको पाल्पामा २ सय २६ मतदान स्थल र १ सय १८ मतदान केन्द्रका लागि सामग्री वितरण गरिएको जिल्ला निर्वाचन अधिकारी धर्मा अर्यालले जानकारी दिए ।
मंगलबार साँझसम्म सबै कर्मचारी सम्बन्धित स्थानमा पुगी निर्वाचनको काम थाल्नेछन् । पाल्पामा १ लाख ८१ हजार २ सय ५५ मतदाता छन् ।