मोरङ, मंसिर १८ –आसन्न चुनावलाई लक्षित गरी जिल्ला सुरक्षा समिति मोरङले सोमबार साँझ ६ बजेदेखि २१ गते साँझ ६ बजेसम्म नेपाल भारत सीमा क्षेत्रको नाका बन्द गर्ने निर्णय गरेको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको चुनावलाई मध्यनजर राख्दै नाका बन्द गर्ने निर्णय भएको मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले जानकारी दिनुभयो ।
चुनावको सुरक्षा व्यवस्थालाई मध्यनजर गरी रक्सीको ओसारपसार र बिक्री वितरणमा समेत रोक लगाइएको छ । मोरङ्ग जिल्लाभर कुनै पनि प्रकारको रक्सीको ओसारपसार, बेचबिखन र सेवनलाई पूर्ण रुपमा बन्द गर्ने र यस प्रावधानलाई कडाइका साथ कार्यान्वयन गराउने जिल्ला सुरक्षा समितिले निर्णय गरेको छ ।
२१ गते हुने चुनावलाई मध्यनजर गर्दै मतदान सम्पन्न नभएसम्मको लागि बिहीवार जिल्ला प्रशासन कार्यालयबाट सवारी पास लिएका सवारी साधन बाहेक सम्पूर्ण सवारी साधनको संचालनमा पूर्ण प्रतिबन्ध लगाईएको छ ।