
मनसुनको न्यून चापीय रेखा औसत स्थान भन्दा दक्षिणतिर अवस्थित रहेकाले केही दिन मनसुनी प्रणाली कमजोर हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। भारतको मध्यप्रदेशमा रहेको मनसुनको न्यून चापीय प्रणाली हाल कमजोर भई भारतको राजस्थान क्षेत्रमै रहेकाले मनसुनी गतिविधि कमजोर बन्दैँ गएको जल तथा मौसम विज्ञान विभाग मौसस पूर्वानुमान महाशाखाका मौसमविद् मञ्जु बासीले बताए। “उक्त प्रणालीको प्रभावले आगामी तीन दिन देशभर मनसुन सक्रिय हुने अवस्था रहेको छैन्”,मौसमविद् बासीले भने।
“यो अवधिमा वर्षा नै नहुने भन्ने हुँदैन, अहिले मनसुनको समय हो, ‘आइसोलेटेड’ वर्षा हुनसक्छ। कुनै खास क्षेत्रमा अन्य क्षेत्रमा भन्दा पृथक रुपमा वर्षा हुनसक्छ”, तर त्यसलाई मनसुन पूर्ण सक्रिय भएको भन्न नमिल्ने मौसमविद् बासीको भनाइ रहेको छ।