पहिलो खेल खेलिरहेका सन्दीप, पहिलो सफलाता पाए…

In खेलकुद
२५ श्रावण २०७६, शनिबार १८:०२

क्यानडामा जारी ग्लोवल टि ट्वान्टी प्रतियोगितामा शनिबार पहिलो खेल खेलिरहेका सन्दीप लामिछानले पहिलो सफलाता पाएका छन्।

आफ्नो टोरन्टोका तर्फबाट ब्राम्पटन वुल्भविरुद्ध खेलिरहेका सन्दीपले पहिलो ओभरमा २४ रन लुटाए पनि दोस्रो ओभरमा भने घातक बलिंग गरेका छन्। उनले आफ्नो दोस्रो ओभरमा न्यूजील्याण्डका खतरनाक ब्याट्सम्यान कोलिन मुनरोलाई न्यूजिल्याडकै खेलाडी मिचेल म्याक्लिघनको हातबाट क्याच आउट गराएका हुन् ।

शाहिद अफ्रिदीको कप्तानीमा रहेको ब्राम्पटनले पहिला ब्याटिंग गरिरहेको छ । जारी सिजनमा पहिलो पटक मौका पाएका सन्दीपले पहिलो ओभरमै रन लुटाएका छन्। टिमका लागि पाँचौ ओभरमा बलिंग गर्न आएका सन्दीपले पहिलो बलमै चौकाबाट स्वागत पाए। दोस्रो बल डट फालेका सन्दीपले त्यसपछिका दुई बलमा लगातार चौका र अन्तिम दुई बलमा लगातार २ छक्का खाएका छन् ।

सन्दीपले एक ओभरमा २४ रन दिएपछि ब्राम्पटनले ५ ओभरमा ६० रन जोडेको छ । सन्दीपलाई स्कटल्याण्डका ओपनर ब्याट्सम्यान जर्ज मुन्सीले पिटेका हुन्।