आइपिएलको १२ औं संस्करणको ११ औं खेलमा हैदराबादसँग ११८ रनले हार…

In खेलकुद
१८ चैत्र २०७५, सोमबार १६:०७

आइपिएलको १२ औं संस्करणको ११ औं खेलमा हैदराबादसँग ११८ रनले हारेपछि रोयल च्यालेन्जर्स बैंगलोरका कप्तान विराट कोहलीले यो निकै लाजमर्दो हार भएको बताएका छन् । उनले यो हार पचाउन निकै मुस्किल भएको टिप्पणी गरे । २३२ रनको लक्ष्य पच्छ्याएको बैंगलोरले लक्ष्यको आधासम्म पनि पुग्न सकेको थिएन । बैंगलोर ११३ रनमै अलआउट भएको थियो ।
राजीव गान्धी अन्तर्राष्ट्रिय स्टेडियममा जोनी बेरिस्टोको ११४ र डेभिड र्वारको नटहाउट १०० रनको सहयोगका विशाल स्कोर बनाएको हैदराबादले मोहम्मद नाबीको ११ रनमा ४ विकेट र सन्दिप शर्माको १९ रनमा ३ विकेटको मद्दतमा बैंगलोरलाई हराएको थियो । रनको हिसाबले यो बैंगलोरको दोस्रो सबैभन्दा ठूलो हार हो । खेलपछि कोहलीले भने ‘यो हाम्रो लागि सबैभन्दा लज्जास्पद हारमध्ये एक थियो । यो हारलाई पचाउन निकै मुस्किल छ । हाम्रो लागि पहिलो बलदेखि अन्तिम विकेट झर्दासम्म केही पनि राम्रो भएन ।’