
मकवानपुर, सप्तरी, सर्लाही, महोत्तरी र गोरखाका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ९ जनाको मृत्यु भएको छ ।
मकवानपुर, गढी गाउँपालिका–२ गैरी भन्ज्याङस्थित सडकमा ना ३ ख ३५५६ नम्बर बसको ब्रेक फेल भई बुधबार बेलुका दुर्घटना हुँदा बसमा सवार गढी गाउँपालिका–७ सुकौरा बस्ने ३५ वर्षीय सोम बहादुर रुम्बा लगायत ३ जनाको घटनास्थलमै मृत्यु भएको छ भने दुर्घटनामा घाइते भएका सोही गाउँपालिका सुकौरा बस्ने २४ वर्षीय सुरज लोको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएका अन्य १९ जनाको चुरे हिल अस्पताल हेटौंडामा र ३ जनाको पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचार भइरहेको छ । दुर्घटनामा घाइते भएका अन्य २६ जना समान्य उपचार पश्चात डिष्चार्ज भएका छन् । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।