670 views 0 secs 0 comments

नेपाली सीमा मिचेको भारतलाई प्रचण्डले दिए यस्तो चेतावनी…

In देश, राजनीति
२० कार्तिक २०७६, बुधबार १४:४६

भारतले नयाँ राजनीतिक नक्सा भन्दै नेपालको कालापानी, लिपुलेक लगायतका भुभागलाई आफ्नो कब्जामा लिएको विषय अहिले चर्चामा रहेको छ । भारतले पाकिस्तानको नियन्त्रण रहेको कश्मीरलाई पनि आफ्नो नक्सामा देखाएको छ । भारतको यो नक्सालाई पाकिस्तानले ठाडै अस्विकार गरेको छ ।
नेपालमा पनि सडकमा विरोध भए पनि सरकारी पक्षबाट कुनै आधिकारीक जानकारी आएको छैन । विपक्षी दलहरु अहिले सरकारसँग जवाफ मागिरेहका छन् । यो बीचमा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतले नेपाली भुमिमाथि गरेको हस्तक्षेप मान्य नभएको बताउनु भएको छ।
दाङको घोराहीमा प्रेस संगठन नेपालले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै यस्तो बताउनु भएको हो । अध्यक्ष प्रचण्डले भारतले लिपुलेक आफ्नो नक्सामा राखेको कुरा कुनै पनि हालतमा मान्य नहुने जिकिर गर्नुभयो । यसबारेमा आफुले पूर्ण रुपमा बुझ्न नपाएको भन्दै उहाँले भन्नुभयो, ‘तर, भारतले यस किसमको काम गरेको छ भने त्यो कदापी शैह्य हुँदैन ।’ सीमाका विषयमा कुनै सम्झौता हुन नसक्ने भन्दै उहाँले भारतलाई चेतावनी दिनु भएको हो ।
आफू भारत भ्रमणमा गएको बेला प्रधानमन्त्री नरेन्द्र मोदीसित प्रष्टरुपमा लिपुलेकबारे असहमति राखेको पनि उहाँले जानकारी गराउनुभयो । चीन र भारतबीच असहमती राख्दाराख्दै पनि भारतले एकतर्फी निर्णय गर्नु दुःखद भएको उहाँको बुझाई रहेको छ । सीमा समस्याको कूटनीति र राजनीतिकरुपमा प्रतिवाद गर्न तयार भएको पनि उहाँले खुलासा गर्नुभयो । सरकारले तत्काल यस विषयमा कुटनैतिक पहल गर्ने पनि उहाँले जानकारी दिनुभयो ।