दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिकाले रु ३० लाखको लागतमा फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा ल्याएको छ । आँबुखैरेनी गाउँपालिका–३ को कुडुलेमा छ रोपनी जग्गा भाडामा लिई फोहर व्यवस्थित गर्न थालिएको हो ।
लामो समयदेखि फोहर व्यवस्थित गर्न नसकेको सो गाउँपालिकाले फोहरबाट मोहोर आम्दानी गर्ने उद्देश्यसहित फोहरलाई व्यवस्थित गर्न थालेको हो । आँबुखैरेनीलाई सफा, सुन्दर र समृद्ध गाउँपालिका बनाउने लक्ष्य लिइएको गाउँपालिकाका कर्मचारी बताउँछन् ।
फोहरलाई व्यवस्थित ढंगबाट संकलन गरी केन्द्रसम्म पु¥याउनका लागि अहिले टोल सुधार समितिका पदाधिकारीलाई तालीम दिइएको छ ।