
शम्भुप्रसाद न्यौपाने,
बुडोल काभ्रेपलाञ्चोक ,१४ असोज ।
महँगीको पसलमा …
मैले लेखेको पढ्नै पर्छ भन्ने पनि छैन
साँझ बिहान हेलो गर्ने चोक गल्लिमा हल्लाछ महगिको
गाउँ रित्तियो शहरमा खैला बैला छ
सुन ब्यापारको ब्यापारीले नुन किन्न नसकेको पसलमा ।
कसौँडि छ चुह्लो बल्दैन महँगीको ग्यासले
तियुँनमा करेली छ बिषादी मिसाको
कमलको फुल फुल्ने हिलोमा ढलान छ
माछा खेल्ने पोखरीमा ढलमिस्ने प्लान छ ।
चौबन्दी चोली खायो हाफ कट्टुले
सस्कार खायो रित्त्यायो नग्न नृत्यले
आकाश खाली बर्षा बादल मडारिदै
गोजि भर्ने कात्रो आर्यघाटमा भत्किनै लागेको एक थान जम्मा पुल छ ।
महँगीको पसलमा ।
छ भने हुन्छ एक थान काम गर्ने संविधान छ
तस्कर र माफियाले पालेको डरलाग्दो मुखियाको ओडार छ ।
हौडाको पुल तिरस्कारको पर्खाल छ ।
चुल्ठे मुन्द्रे नाच्ने मैदान छ टुलु टुलु हेर्ने निरीह एकथान सरकार छ।
सात छ सप्त कोषि सात छ प्रदेश सप्त ऋषि नअटाउने च्यवनऋषिको च्याउ उमार्ने हिमाल छ ।
आठ सय चौरासी पाल्नु पर्ने संघियताको मत्ताहाति छ
अज्ञान छ रोजगार नास्ने भास्ने तिरस्कार छ ।
होड छ , जोड छ , अटाउन नसक्ने महँगी बुर्कुसी मारेको एकथान अर्को अनिकाल छ ।
लबेदा सल्वाल पहिचान छाड्न आतुर थियो बैसाकि टेकेर हिमाल सगरमाथा चढ्न आतुर प्रतिपक्षको कमाल छ ।
चारकुना मिलेको एक अर्को मगन्ते सडकमा फिज्ने सभ्यताको रुमाल छ अस्तित्वबिहिन यात्रमा खैँजेडि बजाउने बबाल छ ।
नाता छ , कृपा छ , भ्रष्ट अटाउने एकथान सिहदरबार छ ।
अरु बाकि बेहाल छ सरकार पढे पढ नपढे नपढ मैले तिमिलाई लेखेको एकथान अर्को चिठिको खाम छ ।
त्यस्मा अटेको केहि वास्तविक सत्यताको नैतिकधरातल अटेको चिठिले समातेको कलम छ कोरिएको पाना प्रभाव छ ।
सडकमा सरकारको काम कर्तब्य सुनाउने एक हुल आबाज छ
निहत्था जनतालाइ चितर्बितर पार्ने साझा सबाल छ
चाडबाडको मुखमा महँगीको तेल ग्यास बेच्ने तिमिलेनै खोलेको जम्मा एकथान पसल छ। महँगीको पसलमा ।