
विराटनगर । मोरङको उर्लाबारीमा गत कात्तिक २६ गते लक्ष्मी पूजाको दिन भएको आगलागीको घटनामा घाइते भएका अर्का एक व्यक्तिको पनि मृत्यु भएको छ । उर्लाबारी ७ का ६८ वर्षीय रुकुमबहादुर कार्कीको काठमाडौँको कीर्तिपुर वर्न अस्पतालमा उपचारको क्रममा आज बिहान निधन भएपछि सो घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ ।
उर्लाबारी–७ इटहरा रोडमा स्थानीय दिपक कार्कीको सुन पसलमा अचानक भएको आगलागी निभाउन गएका ४ प्रहरीसहित २८ जना घाइते भएका थिए । यो आगलागी घटनाका २१ जना घाइतेको अहिले पनि कीर्तिपुर वर्न अस्पतालमा उपचार भइरहेको छ । जसमध्ये आईसीयूमा ५ जना छन्।