17 views 0 secs 0 comments

भक्तपुर नगरपालिका : नजाने गाउँको बाटो

In देश, समाज
९ मंसिर २०८०, शनिबार १२:५१

भक्तपुर नगरपालिकाबाट के सिक्ने ? भक्तपुरबाट किन सिक्ने ? भक्तपुर के हो र सिक्ने ? भक्तपुरको आगत र विगत के हो ? आजको दलाल, आसेपासे पुँजीवादी समाजमा समाजवादउन्मुख मोडल सिकाइको के अर्थ ? भक्तपुरको मोडल प्रतिलिपि उतार गर्दा अन्य स्थानीय तहको प्रगति र उन्नति सम्भव छ ? भक्तपुरको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, जनसांख्यिक तस्बिर एवं प्राकृतिक भू–बनोटको आधार र अन्य स्थानीय पालिकाको बनोट नै मिल्दैन । यी सबै प्रश्नको सहज उत्तर हुन्छ, भक्तपुरबाट सिक्दै नसिक्ने । नजाने गाउँको बाटो नसोध्ने ।

मुलुकका ७५३ स्थानीय तहमध्ये भक्तपुर नगरपालिकालाई यो लेखोटमा छान्नुपर्ने अर्थपूर्ण अर्थ छ । बाँकी ७५२ स्थानीय तह कसरी सञ्चालनमा आएका छन्, पहिलो कार्यकाल ‘देखी, सुनी जान्नेका लागि’ भनिरहनुपर्ने विषय रहेन । दोस्रो वा चालु कार्यकालको समग्र मूल्याङ्कन गर्ने बेला भइसकेको छैन । यद्यपि दोस्रो कार्यकालमा केही स्वतन्त्रले नेतृत्व गरेका बाहेकका पालिका सञ्चालनको ढङ्ग उही छ, जो विगतकाले गरेका थिए । यसर्थ यहाँ भक्तपुर नगरपालिकाले देखाएको बाटो सानो आँखी झ्यालबाट चियाउने प्रयास गरिनेछ ।