
९ मंसिर, काठमाडौँ।
हमासले इजरायली बन्धकहरूको समूहलाई रिहा गरेपछि ३९ प्यालेस्टाइनी बन्दी रिहा भएका छन्। २४ महिला र १५ किशोरहरूको समूहलाई बन्धक र बन्दी आदानप्रदानको एक भागको रूपमा रिहा गरिएको हो।
उनलाई इजरायलको कब्जामा रहेको वेस्ट बैंकको बेतुनिया चेकपोस्ट नजिक रिहा गरिएको थियो। कतारको मध्यस्थतामा कैदीहरूलाई रिहा गरिएको थियो ।
यसमा इजरायल र हमासबिचको द्वन्द्वमा चार दिनको विराम दिइएको छ । रिहा भएका कैदीहरूमाथि ढुङ्गा हान्नेदेखि हत्या प्रयाससम्मका अभियोगहरू छन्। तीमध्ये केही दोषी ठहर भइसकेका छन् भने केही मुद्दा चलिरहेका छन् ।