354 views 0 secs 0 comments

आज कति पुग्यो डलरको मूल्य…

In विश्व
८ पुष २०७८, बिहीबार १५:५२

नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले आजको अमेरिकी डलर एकको खरिद दर अधिकतम १२० रुपैयाँ ५९ पैसा र बिक्री दर १२१ रुपैयाँ १९ पैसा कायम गरेको छ ।
युरोपियन युरो आज एकको खरिद दर १३६ रुपैयाँ १० पैसा र बिक्री दर १३६ रुपैयाँ ७८ पैसा छ । युके पाउन्ड स्टलिङ एकको खरिद दर १६० रुपैयाँ २७ पैसा र बिक्री दर १६१ रुपैयाँ ०७ पैसा कायम छ । अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ३० पैसा र बिक्री दर ८६ रुपैयाँ ७३ पैसा छ । जापानी येन आज १० को खरिद दर नेपाली १० रुपैयाँ ५५ पैसा र बिक्री दर १० रुपैयाँ ६० पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ९३ पैसा र बिक्री दर १९ रुपैयाँ ०२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।