593 views 0 secs 0 comments

हिमस्खलनमा चार जवान र दुई सर्वसाधारणको मृत्यु…

In विश्व
३ मंसिर २०७६, मंगलवार ०७:५७

भारत प्रशासित काश्मिरकाे उत्तरी सियाचिन ग्लेशियर (हिमनदी) मा सोमबार भएको हिमस्खलनमा चार जवान र दुई सर्वसाधारणको मृत्यु भएको छ । सर्वसाधारण भारी बोक्ने काम गर्थे ।

भारतीय सेनाका अनुसार सियाचिन ग्लेशियरको उत्तरी क्षेत्रमा १९ हजार फुटको उचाइमा आठजना गस्ती दलमा समावेश थिए । उक्त हिमस्खलन सोमबार दिउँसो करिब तीन बजे भएको हो ।
सेनाले आफ्नो बयानमा उक्त घटनालगत्तै हिमस्खलन उद्दार समूहलाई घटनास्थलमा पठाइएको जसले आठजनालाई बरफबाट निकालेका हुन् ।
यी सबैलाई हेलिकोप्टरमार्फत् सेना अस्पताल ल्याइयो जसमध्ये सातजनाको स्थिती अत्यधिक गम्भीर थियो ।
यद्यपि, चार जवान र दुई सर्वसाधारणलाई बचाउन सकिएन ।
उक्त हिमस्खलनमा केही भारतीय चौकीमा पनि क्षती पुगेको खबर आइरहेको छ ।