
भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल भ्रमणमा आउँने भएका छन् । जयशंकर विदेशमन्त्रीमा नियुक्त भएसंगै उनको नेपाल भ्रमणका लागि तयारी भईरहेको थियो । उनी आगामी भदौँ ४ गते बिहान नेपाल आउँने भएका हुन् । उनी नेपाल–भारत संयुक्त आयोगको बैठकमा भाग लिन नेपाल आउँनेछ । बैठकसंगै जयशंकरले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरालाई छुट्टाछुट्टै भेट्ने कार्यक्रम तय भएको छ । जय शंकरलाई परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले दिवा भोज पनि दिनेछन् भने नेपालस्थित भारतीय दुतावासले भदौँ ४ गते नै रात्रीभोजको आयोजना गर्नेछ । उनी भदौँ ५ गते नै भारत फर्कनेछन् ।