655 views 0 secs 0 comments

४ वटा बस एक आफसमा ठोक्किँदा डरलाग्दो दुर्घटना: भक्तपुर

In देश, समाज
२६ श्रावण २०७६, आईतवार १३:५३

आज भक्तपुरको मध्यपुरठिमी गठ्ठाघरको आकाशेपुलमुनि डरलाग्दो दुर्घटना भएको छ । यहाँ एउटा यात्रुवाहक बसले अन्य तीन वटा बसलाई ठक्कर दिँदा १६ जना घाइते भएका छन् । काठमाडौंबाट सिन्धुली जाँदै गरेको बा४ख ५७९४ नम्बरको बस अनियन्त्रित भएर सोही दिशातर्फका अन्य तीन वटा बसलाई ठक्कर दिएपछि दुर्घटना भएको हो । महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार उक्त बसले आइतबार बिहान बा३ख ७०९३, बा५ख ४०२९ र ना६ख ७१२५ नम्बरको बसलाई ठक्कर दिएको हो ।

ठक्कर दिँदा तीन वटै बसका यात्रुहरू सामान्य घाइते भएका छन् । घाइतेमध्ये १३ जनाको नागरिक अस्पताल र तीन जनालाई मध्यपुर अस्पतालमा उपचार भइरहेको छ । ठक्कर दिने बसका चालक सिन्धुली गोलानचोर गाउँपालिका–६ का दीपकराज ठकुरीलाई ठिमी वृत्तले नियन्त्रणमा लिएर अनुसन्धान अगाडी बढाएको जानकारी दिएको छ ।