600 views 0 secs 0 comments

श्रीलंकामा राजपाक्षले दिए प्रधानमन्त्रीबाट राजिनामा

In विश्व
१ पुष २०७५, आईतवार ११:०८

कोलम्बो–श्रीलंकाका विवादास्पद प्रधानमन्त्री महिन्दा राजपाक्षले आफ्नो पदबाट राजिनामा दिएका छन्। दुईमहिना लामो राजनीतिक संक्रमणका बीच राजपाक्षले राजिनामा दिएपछि श्रीलंकाको राजनीतिले लय समाउने अपेक्षा गरिएको छ।

राष्ट्रपति मैत्रीपाला सिरिसेनाले २ महिना पहिले तत्कालीन प्रधानमन्त्री रनिल विक्रमा शिंघेलाई अपदस्थ गर्दै राजपाक्षलाई प्रधानमन्त्री बनाएर नयाँ मन्त्रिपरिषद्समेत गठन गरेका थिए। राष्ट्रपतिको यो कदमलाई त्यहाँको संसदले अनुमोदन गरेन।

त्यस्तै त्यहाँको अदालतले पनि सिरिसेनाको कदमलाई गैरकानुनी ठहर गरेपछि राजपाक्षले राजिनामा दिएका हुन्।विक्रमासिँघेले आइतबार पुनः सपथ लिने कार्यक्रम रहेको उनको दल युनाइटेड नेसनल पार्टीले जनाएको छ।