32 views 0 secs 0 comments

इजरायल-हमास युद्ध रोक्ने प्रस्तावमा, नेपालको मत पक्षमा

In देश, विश्व, सूचना-प्रबिधि
११ कार्तिक २०८०, शनिबार ०५:२०

११ कात्तिक,. काठमाडौं ।

संयुक्त राष्ट्रसंघले इजरायल-हमास युद्ध रोक्ने प्रस्ताव पारित गरेको छ ।

संयुक्त राष्ट्र संघको महासभाले गाजामा तत्काल दिगो ‘मानवीय युद्धविराम’ को माग गर्दै प्रस्ताव पारित गरेको हो ।

युद्ध विरामको पक्षमा नेपालसहित १२० देशले मतदान गरेका छन् । १४ देशले विपक्षमा मतदान गरेका छन् । ५४ देश भने मतदानमा सहभागी भएनन् ।

अमेरिकाको न्यूयोर्कमै बैठक बसेको थियो । बैठकबाट युद्ध विराम गर्ने प्रस्ताव पारित भए पनि इजरायलले भने अस्वीकार गरेको छ ।

बैठकमा इजरायलका राजदूत गिलाड एर्डनले चुप लागेर नबस्ने चेतावनीसमेत दिए । इजरायललाई आफ्नो रक्षा गर्ने अधिकार भएको बताउँदै उनले हमासको अत्याचार सहेर नबस्ने बताए ।