
कार्तिक १२, काठमाण्डौं ।
छोराछोरीसहित मृत भेटिएकी श्रीदेवी बोहोराका श्रीमान दीपक बोहोरा कतारबाट घर आएका छन्। उनी शुक्रबार साँझ कतारबाटउडेका थिए। काठमाडौंबाट नेपालगन्ज र त्यहाँबाट ताल्चा विमानस्थल हुँदै उनी शनिबार बिहान घर पुगेका हुन्।
उनी वैदेशिक रोजगारीका लागि गत वर्ष मंसिरमा कतार गएका थिए। त्यसअघि पनि कतारमै रहेको दीपक गत वर्ष बिदामा घर आएरफर्किएका हुन्।
श्रीमान घर पुगेपछि मुचुल्का गरेर प्रहरीले शवहरू पोस्टमर्टमका लागि सदरमुकामस्थित जिल्ला अस्पताल लगिएको जिल्ला प्रहरीकार्यालय मुगुले जनाएको छ। सदरमुकामदेखि घटना भएको मुन्दु गाउँ दुई घन्टाको दुरीमा पर्छ।
शुक्रबार बिहान श्रीदेवी, उनका ११ वर्षका छोरा मनोज, सात वर्षकी छोरी अप्सरा र १ वर्षका छोरा रहर मृत भेटिएका थिए। उनीहरूकोघरभित्रै शव फेला परेको थियो।
दसैंका दिन श्रीदेवी तीन जना छोराछोरीसहित टीका थाप्न माइती गाउँ कोटिल्ला गएकी थिइन्। कोटिल्लाबाट ८ गते बेलुका घरफर्किएका उनीहरूको सोही राति हत्या भएको आशंका गरिएको छ।
९ गते बिहानदेखि १० गते बिहानसम्म घरबाहिरबाट ताल्चा लगाएको देपछि स्थानीयले ढोका फोडेर हेरेका थिए। उनीहरू मृत भेटिएपछिस्थानीयले नै प्रहरीलाई शनिबार बिहान खबर गरेका थिए। प्रहरीले घटना शंकास्पद देखिएपछि विस्तृत अनुसन्धानका लागि थप टोलीपरिचालन गरेको छ।
शनिबार कुकुरसहितको विशेष टोली घटनास्थल गएको छ। कर्णाली प्रदेश प्रहरी कार्यालय र कोहलपुरबाट प्रहरी टोली मुगु पुगेको हो।