रास्वपाका नेताले कुटे ड्यूटीमा खटिएका प्रहरी

In राजनीति, समाज
१२ कार्तिक २०८०, आईतवार ००:४६

 १२ कार्तिक , काठमाण्डौं।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को र्याट विभागको उपप्रमुख आशिष थापा (बैकुण्ठ)ले ड्युटिमा रहेका प्रहरीलाई अपशब्द प्रयोग गर्दैहातपात गरेका छन्

रवि लामिछाने नेतृत्वको रास्वपाका र्याट उपप्रमुख थापाले थाहा नगरपालिका वडा नं. चित्लाङका ट्राफिक प्रहरीलाई निर्घात कुटपिटगरेका हुन कुटपिट गरेको थाहा पाएपछि स्थानीयवासीले उपप्रमुख थापालाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन

रवि लामिछानेको पार्टी (रास्वपा) को र्याट उपप्रमुख आशिष थापाले चेकिङमा रहेका ट्राफिक प्रहरीलाई निर्घात कुटपिट गरेको हुन्,’ प्रत्यक्षदर्सीले भने, ‘उक्त अमानवीय तरिकाले राष्ट्रसेवक कर्मचारीलाई हातपात गरेपछि हामीले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएकाछौं