486 views 0 secs 0 comments

लागूऔषध ब्राउन सुगरसहित तीन जनालाई पक्राउ…

In समाज
२९ पुष २०७६, मंगलवार १७:०१

जिल्ला प्रहरी कार्यालय कैलालीले धनगढीबाट लागूऔषध ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ ।
धनगढी उपमहानगरपालीका ८ मा लागूऔषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरीले तीन जनालाई ५ सय १० मिलीग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो ।
धनगढीउपमहानगरपालिका १० घर भई वडा नम्बर ८ को बुद्धचोकमा डेरा गरी बस्ने २० वर्षका उमेश धामी, २० वर्षीया उमा चौधरी र १९ वर्षीया असरानी चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।
पक्राउ परेकाहरूबाट ब्राउन सुगर र सेवन गर्न प्रयोग गरेको नोट लगायतका सामान बरामद गरिएको उनले बताए ।