687 views 0 secs 0 comments

दिल्लीबाट चोरी भएको १ करोड कैलालीमा बरामद…

In देश
२९ पुष २०७६, मंगलवार १७:२०

भारतको नयाँदिल्लीबाट चोरी गरी ल्याएको ६५ लाख भारतीय रुपैयाँ कैलाली प्रहरीले बरामद गरेको छ । जसको नेपाली रुपैयाँ १ करोड ३ लाख हुन आउँछ । 
बरामद रकमसँगै प्रहरीले तीन जनालाई समेत पक्राउ गरेको छ । यस्तै उनीहरूबाटै थप एक लाख नेपाली रुपैयाँ पनि प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय, कैलालीका डीएसपी दक्षकुमार बस्नेतका अनुसार जहरसिंह र मनाकुमारी भारतमै रोजगारी गर्दै आएका थिए । मंसिर ४ गते नयाँदिल्लीस्थित विशाल अग्रवालको घरबाट उनीहरूले उक्त रकम चोरी गरेर फरार भएको प्रहरी अनुसन्धानमा खुल्न आएको डीएसपी बस्नेतले बताए ।