
सामाजिक सञ्जाल इमोमार्फत चिट्ठा परेको भन्दै १० लाख भन्दा बढी ठगी गरेको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ ।
१० लाख ४० हजार रुपैयाँ ठगी गरेको आरोपमा मोरङ सुन्दरहरैचाका आइएमइ सञ्चालक ३८ वर्षीया इन्दिरा पुरी, आइएमइमा कार्यरत ४२ वर्षीय मनमोहन अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो । त्यस्तै विराटनगर– १ का सजिलो मनि ट्रान्सफर सञ्चालक ३७ वर्षीय विश्वनाथ राजवंशी, रङ्गेली नगरपालिका ६ का २८ वर्षीय भवेश कुमार मण्डल, सुनवर्षी नगरपालिका ८ का २२ वर्षका अब्दुल सलाम, भारत विहारका २५ का शतिष मण्डल र सोही ठाउँका ५५ वर्षीय मोहम्मद ईसुलाई पनि प्रहरीले पक्राउ गरेको छ । इमोमार्फत चिठ्ठामा २५ लाख भारतीय रुपैयाँ परेको भन्दै उनीहरूले ठग्दै आएको प्रहरीले बताएको छ । भारु २५ लाखको चिठ्ठा परेको र उक्त पैसा पाउनको लागि कर बापत रकम तिर्नु पर्छ भनी पटक-पटक गरी १० लाख भन्दा बढी रकम ठगेको उजुरीको आधारमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्ष कुमार बस्नेतले बताए।