
२५ कार्तिक, काठमाडौँ।
(इस्काइवेटर) डोजरले सडक बाटो खन्ने क्रममा कालेखोलाको जिरो पोइन्ट नजिक च्यापियर एक जनाको मृत्यु भएको छ ।कर्णाली करिडोर अन्तरगत पर्ने काम गरिएको ठाउँमा माथिबाट खसेको पहिरोको ढिस्कोमा च्यापिएर चालकको मृत्यु भएको हो।
माथिबाट पहिरोको ढिस्को खस्दा इस्काइवेटरमा च्यापिएर घटनास्थलमै चालकको मृत्यृ भएको हो। मृत्यु हुनेमा कालिकोट जिल्लाको पचालझरना गाउँपालिका वडा न: ८ का चालक धिर संज्याल रहेको प्रहरीले जनाएको छ।
पहिरोको ढिस्को धेरै खसेको हुँदा उद्धारमा केही समय लाग्ने र अहिले प्रहरीको टोलि उद्धारमा खटिरहेको प्रहरी कार्यालय कालिकोटले जनाएको छ।
उक्त पहिरोका कारण कर्णाली करिडोर पूर्णरुपमा बन्द समेत भएको छ।इस्काइबेटरमा पनी क्षेती पुगेको छ ।