
२५ कार्तिक, काठमाडौँ।
मुगु प्रहरीका अनुसार हत्या आरोपमा पक्राउ परेका गोपाल पनि बैदेशिक रोजगारीको लागि कतार गएका थिए । राम्रो काम नपाएर २ वर्षपछि उनी नेपाल फर्किएका थिए ।
दीपकले कतारमा ‘राम्रो कमाइ’ गरेकाले उक्त कम्पनीमा काम गर्ने गरी आफूलाई समेत भिसा पठाइदिन गोपालले आग्रह गरेका थिए । तर, दीपकले स्वीकारेनन् । त्यसपछि गोपालले रिसइवी साँध्न दीपकको परिवारको हत्या गर्ने योजना बनाएको खुलेको बयान प्रहरीलाई दिएका छन् ।
उनीहरुले कार्तिक ८ गते साँझ छायाँनाथ रारा नगरपालिका- ६ मन्दुका दीपक बोहराकी श्रीमती श्रीदेवी, ११ वर्षीय छोरा मनोज, वर्ष ७ की छोरी अप्सरा र ५ महिनाका छोरा रहरको हत्या गरेका थिए ।