596 views 4 secs 0 comments

कांग्रेसका प्रतिनिधिद्वारा मतपेटिकामा आगजनी

In देश, राजनीति, समाज
१० मंसिर २०७४, आईतवार १४:०४

मंसिर १०, २०७४-रुकुमका दुईवटा मतदान केन्द्रमा मतपेटिकामा आगजनी गरिएको छ ।

बाँफिकोट गाउँपालिका- ५, रुकुम पश्चिम रत्न आधारभुत विद्यालय ‘क’ केन्द्रको प्रतिनिधि सभा सदस्यको मत पेटिकामा आगो लगाएलगत्तै आठबिसकोट नगरपालिका- ११ को नेपाल राष्ट्रिय मावि केन्द्रको समानुपातिक मतपेटिकामा आगजनी गरिएको छ । प्रमुख जिल्ला अधिकारी वंशीकुमार आचार्यका अनुसार कांग्रेसका प्रतिनिधि केशव खड्काले मतपेटिकामा आगजनी गरेका हुन् । उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मतदान अधिकृत कृष्ण शर्मालेसमानुपातिकतर्फको मतदान रोकेर प्रदेश र प्रतिनिधिसभातर्फको मतदान भइरहेको जानकारी दिए ।

यसअघि बाँफिकोट गाउँपालिका- ५, रुकुम पश्चिम रत्न आधारभुत विद्यालय ‘क’ केन्द्रको प्रतिनिधि सभा सदस्यको मत पेटिकामा आगो लगाइएको थियढो । मतपेटिकामा एसिड हालेको आशंका गरिएको छ । मतदान अधिकृत नन्दलाल महतोका अनुसार उक्त पेटिकामा २५० मत खसेको थियो ।

मतपेटिकाका ९० प्रतिशत मतपत्र जलेको आशंका गरिएको छ । मतदाताले नै एसिड वा अन्य केमिकल हालेको आशंका गरिएको छ । सलाई लाइटरलगायत ज्वलनशिल पदार्थ भित्र ल्याउन नदिइको सुरक्षा अधिकारीले दावी गरेको छ ।