
महानगरीय प्रहरी परिसर, काठमाडौंले एक सामान्य घटनाका आरोपितलाई पक्राउ गर्न आइतबार दिउँसो गोली चलाएको छ तर पक्राउ गर्न नसकेको कुरा प्रहरी ले बताएको छ।
प्रेमीले धोका दिएपछि प्रहरीमा जबरजस्तीकरणी प्रयासको मुद्दा दर्ता गर्न भन्दै आएकी एक मोडलको पीडकलाई पक्राउ गर्न प्रहरीले हवाई फायरिङ गरेको प्रहरी स्रोतले बतायो ।
दिउँसो परिसरबाट खटिएको सादा पोशाकको टोलीले किसान राई नामक युवकलाई पक्राउ गर्न गोली चलाएको हो’, स्रोतले भन्यो, ‘तर, लखेट्दा लखेट्दै पनि उनी उम्किन सफल भए ।’
काठमाडौं परिसरका प्रमुख एसएसपी वसन्त लामाले भने गोली नचलाइएको दाबी गरे ।
‘उनलाई पक्राउ गर्न जाँदा हेलमेट बजारिएको थियो । त्यहाँ धकेल्दा पेस्तोल पनि देखियो’, लामाले भने, ‘त्यसैले त्यहाँका लोकललाई गोली चलेको जस्तो लागेको होला भन्छन् प्रहरी…