
नेपाल पोलिसले नागढुंगा बाट नक्कली सुनसहित नागढुंगाबाट ६ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा धादिङका २६ वर्षीय अभिषेक तामाङ, २१ वर्षीय राज तामाङ र १८ वर्षीय राजकुमार तामाङ, नुवाकोटका २८ वर्षीय राम तामाङ, २५ वर्षीय जितेन तामाङ र २५ वर्षीय वीरेन्द्र तामाङ रहेका छन्।
नक्कली सुनलाई सक्कली भनेर बेचबिखन गर्ने उद्देश्यले ओसारपसार गरिरहेको छ भन्ने गोप्य सूचनाको आधारमा परिसरको टोलीले नागढुङ्गामा चेकजाँच गर्ने क्रममा १÷१ केजीका २ थान नक्कली सुनसहित उनीहरुलाई नियन्त्रणमा लिएको एसपी रामदत्त जोशीले जानकारी दिएका छन्।