2023 views 6 secs 0 comments

हिमाल श्रेष्ठको आठ बर्ष पछी लाएको माया

In Featured, मनोरञ्जन
१९ माघ २०७४, शुक्रबार ११:१४

विदेशीएका नेपालीहरुको लागि बन्यो मनै कुडिँने गीत सत्य घटनामा आधारित मनै कुडाँउने गीत ‘‘लाएको माया कहाँ तोडिएला फ़र्केर आउछु हे साइली ’’ सार्वजनिक भएको छ । बिहिबार दिउँसो सार्वजनिक गरिएको गीतमा दाजुभाई र भाउजुको बिचको एउटा सम्बन्ध लाई भिडियोमा देखाईएको छ । गीतको भिडियो हेर्दा एकदमै मन छुने किसिमको छ । हिमाल श्रेष्ठको स्वरमा रहेको गीतमा नव क्रान्ति ब्याण्डका मनिष गोदारको शब्द तथा संगीत छ ।

गीत आठ बर्षअघि भारतमा रेकर्ड गरिएको थियो । गीतको भिडियोमा सहिन प्रजापति, अनुश्का अधिकारी र प्रतिक मुड़बारी को गज्जबको अभिनय छ । पोखराको रमणीय स्थानहरुमा विदुर पाण्डेले छायांकन गरिएको गीतको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका हुन् । महादीप श्रेष्ठ र प्रतीक श्रेस्ठ को निर्माणमा तयार भएको गीतको भिडियोलाई चलचित्र निर्देशक प्रशन्न पौडेलले निर्देशन गरेका हुन् । ( Excel Entertainment Uk ) एक्सल इन्टरटेनमेन्ट युकेको प्रस्तुतीमा रहेको गीतको भिडियोलाई लाईमलाइट इंटरटेनमेन्टले उत्पादन गरेको हो