916 views 0 secs 0 comments

डाक्टर गोविन्द केसीद्वारा सयौं बाढीपीडितको स्वास्थ्य परीक्षण

In Featured, स्वास्थ्य/जीवनशैली
११ भाद्र २०७४, आईतवार ११:४५

त्रिवि शिक्षण अस्पतालका वरिष्ठ डाक्टर गोविन्द केसीले सप्तरीका सयौं बाढीपीडितको स्वास्थ्य परीक्षण  गर्नुभएको छ ।

हालै आएको बाढीबाट धेरै धनजनको क्षति भएपछि २३ दिनको आमरण अनसन स्थगित गरेका डाक्टर केसीले एक साताको आफ्नो उपचार लगत्तै सप्तरीको बाढी प्रभावित क्षेत्रमा  स्वास्थ्य शिविर चलाउनु भएको हो ।

डाक्टर केसीको टोलीले सप्तरीका पाँच सय भन्दा बढी बाढी पीडितको स्वास्थ्य परीक्षण गरेको छ ।
स्वास्थ्य परीक्षणमा रुघाखोकी, ज्वरो, लगायत विभिन्न रोगबाट पिडितको संख्या धेरै भएको डाक्टर केसीले बताउनु भयो ।

शिविरमा आएका स्थानीयलार्इ औषधि समेत निशुल्क वितरण गरिएको थियो । डाक्टर केसीको टोलीमा डाक्टर कश्यप श्रेष्ठ र श्रृष्टि उपाध्याय सहभागी छन् । यसैगरी डाक्टर केसीले बाढीपीडितलार्इ लताकपडा, खाद्यान्न र सरसफाइका लागि चाहिने सामानहरु समेत वितरण गरेको टोलीमा संग्लन डाक्टर श्रेष्ठले जानकारी दिनुभयो ।