595 views 0 secs 0 comments

४ किलो २४५ ग्राम यार्सागुम्बासहित ३ जना पक्राउ…

In देश, समाज
७ पुष २०७६, सोमबार १२:४२

प्रहरीले ४ किलो २४५ ग्राम यार्सागुम्बा बरामद गरेको छ ।
युके ०४ टीबी १९६७ नम्बरको भारतीय गाडीमा फल्स बटम बनाइ लुकाएर ल्याउँदै गर्दा महानगरीय प्रहरी वृत्त थानकोटले तीन जनालाई पनि पक्राउ गरेको हो ।बृत्तका प्रमुख घनश्याम श्रेष्ठले पक्राउ पर्नेमा २ जना भारतीय नागरिक र एक जना नेपाली रहेका रहेको बताए । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।