752 views 0 secs 0 comments

हो, कैलालीमा तीन करोडको घर किन्दैछु, ५० लाख बैना तिरिसके : आरजु देउवा

In देश, राजनीति, समाज
१५ मंसिर २०७४, शुक्रबार १२:१८

धनगढी, १५ मंसिर – पर्यटक उम्मेदवारको आरोप लागेपछि प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी डा आरजु देउवा राणाले कैलालीको धनगढीमा तीन करोडमा घर किनेको समाचार वाहिर आयो । मतदाताले उनलाई मन नपराएको, पर्यटक उम्मेदवार भनेको, भोट माग्न मात्र गाउँ आएको लगायतका आरोप सहितका खबर वाहिर आइरहेका छन् ।

वास्तविकता के हो ? लोकान्तर डटकमले शुक्रवार विहानै उनले किन्न लागेको धनगढी बजारको घरमा पुगेर आरजुसँग विशेष कुराकानी गरेको छ जहाँ उनले आफूले घर किनी नसकेको तर किन्ने तयारीमा रहेको खुलासा गरेकी छन् ।

एकाएक धनगढीमा घर किन्ने योजना कसरी वन्यो भन्ने लोकान्तरको प्रश्नमा आरजुले अव कैलालीमा राजनीति गर्ने र त्यसका लागि आइरहनु पर्ने भएकाले घर किन्ने निर्णयमा पुगेको वताइन् ।

शुरुमा भाडमा वस्न घर खोजेपनि भनेजस्तो नपाएपछि घरै किन्ने निर्णय लिएको उनको भनाइ छ । चार वर्ष अघि नै घर हेरेको तर अहिले चाहिँ किन्ने निर्णय लिएको उनले वताइन् ।

घरबेटीले घरको मूल्य तीन करोड भन्नु भएको छ । तर बैंकले यो घरको मूल्य २ करोड ३१ लाख रुपैयाँ निकालेको छ’ उनले थपिन्, ‘घर किन्ने क्रममा छु । ५० लाख  रुपैयाँ बैना तिरसके । घरको एकिन मूल्य निर्धारण भएपछि वाँकी पैसा वुझाउँछु ।’

एउटा खानदानी परिवारमा हुर्केको सुविधासम्पन्न महिला धुलो, मैलो सहेर चुनावी प्रचारमा हिंड्न कत्तिको गाह्रो हुँदो रहेछ भन्ने लोकान्तरको प्रश्नमा उनले धुलोका कारण एलर्जी भएको वताइन् ।

‘धुलोका कारण केही दिन एलर्जी भयो । आठ दिन लगायतर एलर्जिको औषधी खाएँ । तर अहिले त वानी परिसक्यो’ आरजुले भनिन् ।

कैलाली ५ बाट प्रत्यक्षमा उठेकी आरजुले आफ्ना प्रतिद्धन्द्धी बाम गठबन्धका नारदमुनी राणा थारुलाई १० हजार मतान्तरले पराजीत गर्ने दाबि शुरुमा गरिन् ।

‘१० हजारले जित्छु भन्दा त अलि हावा कुरा गरेको जस्तोे लाग्ला । तर म प्रतिद्धन्द्धीलाई ३ हजार मतान्तरले हराउँदैछु’ उनको भनाइ छ ।

आरजुले आफूले कैलालीमा धेरै वर्ष अघिदेखि सामाजीक काम गर्दै आएकोले यहाँका जनतालले आफूप्रति माया दर्शाएको दाबी गरिन् ।

बाम गठबन्धनले दुइ तिहाइ ल्याउने कुरा गफ मात्र भएको उनको भनाइ छ ।