652 views 0 secs 0 comments

भोली सार्वजनिक विदा…

In देश
१४ पुष २०७६, सोमबार १२:२९

सरकारले भोली सार्वजनिक विदा दिएको छ । प्रदेश सरकारले भोली पौष १५ गते मंगलबार सार्वजनिक विदा दिएको हो । गण्डकी प्रदेशले भोली विशेष पर्वका अवसरमा सार्वजनिक बिदा दिने भएको हो । आन्तरिक मन्त्रालयले सूचना निकालेर बिदा दिने निर्णय गरेको बताइएको छ ।
पुस १५ गुरुङ जातिको चाड तमु ल्होसार परेकाले सबै सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा बिदा दिने निर्णय भएको मन्त्रालयले जानकारी दिएको छ । गत वर्ष पनि गण्डकीले पुस १५ मा सार्वजनिक बिदा दिएको थियो । अन्य प्रदेशहरुका बारेमा भने अहिलेसम्म कुनै जानकारी आएको छैन ।