623 views 0 secs 0 comments

बाघको छालासहित २ जनालाई पक्राउ…

In देश
१४ फाल्गुन २०७६, बुधबार १८:२७

महानगरीय प्रहरी परिसर, ललितपुरबाट खटिएको प्रहरी टोलीले  बाघको छालासहित २ जनालाई पक्राउ गरेको छ । 
लगनखेलस्थित  बसपार्कबाट बाघको छाला ३ थान सहित २ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 
 पक्राउ पर्नेमा  ओखलढुङ्गा खिजिदेम्बा ५ घर भई काठमाण्डौ आरुवारी बस्ने दिपेन्द्र तामाङ र झापा बारदसी गाँउपालिका १ घर भई हाल काठमाण्डौ कपन बस्ने रोशन कामी रहेका छन् । विशेष सूचनाको आधारमा परिचालित प्रहरी टोलीले  बाघको छाला बोकी हिँडिरहेको अवस्थामा पक्राउ गरिएको ललितपुर प्रहरीले जनाएको छ ।