597 views 0 secs 0 comments

गुडिरहेको ट्रक अचानक स्थानीयको घरमा ठोक्किन पुग्दा दुर्घटना…

In समाज
१४ फाल्गुन २०७६, बुधबार १७:०४

तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा गुडिरहेको ट्रक अचानक स्थानीयको घरमा ठोक्किन पुग्दा दुर्घटनामा परेको छ ।
वीरगञ्जबाट गोलभेंडा बोकेर पोखरातर्फ जाँदै गरेको ना४ख८६६६ नम्बरको ट्रक स्थानीय भोजराज पन्तको घरमा ठोक्किन पुग्दा दुर्घटना भएको तनहुँका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले अनलाइनखबरलाई जानकारी दिए । दुर्घटनामा परी ट्रकका चालक सामान्य घाइते भएका छन् ।
ठक्कर दिने ट्रक र पन्तको घरको अगाडिको भागमा क्षति पुगेको उनले बताए । पन्तको घरमा कोही पनि नभएका कारण मानवीय क्षति भने नभएको लामिछानेले बताए ।
प्रारम्भिक अनुसन्धानको क्रममा चालक निदाएका कारण सडक नजिकै रहेको पन्तको घरमा ट्रक ठोक्किन पुगेको हुन सक्ने प्रहरी नायव उपरीक्षक लामिछानेले बताए ।