490 views 0 secs 0 comments

१ लाख ७८ हजार नगदसहित ११ जुवाडेलाई नियन्त्रणमा…

In समाज
६ कार्तिक २०७६, बुधबार १४:०१

नेपाल प्रहरीले काठमाडौंको बूढानीलकण्ठबाट १ लाख ७८ हजार नगदसहित ११ जुवाडेलाई नियन्त्रणमा लिएको छ ।
बूढानीलकण्ठ नगरपालिका–४ स्थित मीनबहादुर गुरुङको घरमा डेरा गरी बस्ने लक्ष्मी गुरुङको कोठामा जुवा खेलिरहेको अवस्थामा मंगलबार नगदसहित ११ जनालाई नियन्त्रणमा लिइएको डीएसपी उमेश लम्सालले जानकारी दिए । गुरुङ यसअघि पटक–पटक जुवा मुद्दा खेपेर अदालतबाट छुटेकी पेशेवर जुवाडे हुन् । पक्राउ परे पनि उनले स्थान परिवर्तन गराउँदै जुवा खेलाउने गरेको प्रहरी भनाइ छ । नियन्त्रणमा रहेका अन्य जुवाडेहरूको परिचय नखुलाएको प्रहरीले यसबारे अनुसन्धान भइरहेको जनाएको छ ।