733 views 0 secs 0 comments

गुल्मीमा गाडीबाट खसेको समान टिप्ने क्रममा गाडीको ठक्करबाट राति एक जनाको मृत्यु…

In समाज
६ कार्तिक २०७६, बुधबार १४:२३

गुल्मीमा गाडीबाट खसेको समान टिप्ने क्रममा गाडीको ठक्करबाट मंगलबार राति एक जनाको मृत्यु भएको छ । जिल्लाको कालिगण्डकी गाउँपालिका वडा नम्बर–३ निवासी ४८ वर्षीय झमबहादुर बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक चुरामणी पुनले बताए ।
मुल्क भन्ने स्थानबाट जयखानी तर्फ सामान लगेर जाँदै गरेको लु १ च ४५८६ नम्बरको बलेरो गाडीबाट खसेको समान टिप्ने क्रममा रोकीराखेको गाडी एक्कासी ब्रेक फेल भएर ठक्कर दिँदा जीपमा सवार बिकको मृत्यु भएको प्रहरीले जनाएको छ ।