575 views 0 secs 0 comments

भक्तपुरमा कार दुर्घटना, चालकको ज्यान गयो

In देश, समाज
१४ मंसिर २०७४, बिहीबार १२:४५

क्तपुर- कार दुर्घटनामा परी भक्तपुरमा गएराति एक जनाको मृत्यु भएको छ।

सूर्यविनायक नगरपालिका–८ नैचालबाट आशापुरी हुँदै डोलेश्वरतर्फ जाँदै गरेको बा ८ च २४३१ नम्बरको मारुती कार सडकबाट करिब ५ सय मिटर तल खोल्छामा खसेर दुर्घटना भएको हो।

दुर्घटनामा कारका चालक सूर्यविनायक–९ नलिन्चोक घर भई हाल काभ्रे जनगाल बस्ने ४० वर्षीय जितेन्द्र खत्रीको घटनास्थलमै मृत्यु भएको प्रहरी वृत्त जगातीले जानकारी दिएको छ।

शव परीक्षणका लागि उभक्तपुर अस्पताल पठाइएको वृत्तका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए।