437 views 0 secs 0 comments

प्रतिबन्धित लागुऔषध चरेशसहित प्रहरीले तीन जना पक्राउ…

In समाज
२ आश्विन २०७६, बिहीबार १३:३७

प्रतिबन्धित लागुऔषध चरेशसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। दाङ प्रहरीले साढे ८ किलो चरेशसहित तीन जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा रोल्पा जिल्लाको गंगादेव गाउँपालिका वडा नं. ४ का २१ वर्षीय गणेश वली, सोही ठाउँका २७ वर्षीय भूपेन्द्र थापा र ४० वर्षीय अमृत थापा रहेका छन्। जिल्ला प्रहरी प्रवक्ता एवम् डिएसपी विनोदविक्रम शाहका अनुसार उनीहरू तीनै जनालाई बुधवार दिउँसो घोराही उपमहानगरपालिका वडा नं. १९ खम्वास भन्ने स्थानबाट पक्राउ गरिएको हो।
पक्राउ परेका व्यक्तिहरुले प्रयोग गरेको रा३प ४५५९ नम्बरको मोटरसाइकल पनि बरामद भएको प्रहरीले बताएको छ। १५ दिनमा ९ जना चरेशका कारोबारी पक्राउ परेको जिल्ला प्रहरी प्रमुख एसपी जनक भट्टराईले बताए।