774 views 0 secs 0 comments

हायस दुर्घटनामा परेका एक घाइतेको मृत्यु…

In समाज
२ आश्विन २०७६, बिहीबार १३:१०

तुलसीपुरको गहते खोला नजिकै भएको हायस दुर्घटनामा परेका एक घाइतेको मृत्यु भएको छ ।
हायसमा सवार बबई गाउँपालिका वडा नं. ७ निवासी ६० वर्षीया मुन्य चौधरीको उपचारको लागि बाँकेको कोहलपुर तर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो।
जिल्ला प्रहरी प्रवक्ता विनोद विक्रम शाहले घाइते चौधरीको बाटो मै मृत्यु भएको जानकारी दिए ।
गम्भीर घाइते चौधरीलाई तुलसीपुरको राप्ती प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचार पछि थप उपचारको लागि बाँके रेफर गरिएको थियो ।
तुलसीपुरबाट रगैंचा तर्फ जाँदै गरेको बा ३ ख १६०२ नम्वरको हायस बुधवार दिउँसो अनियन्त्रित भइ बाटोको छेउमा पल्टिदा दुई जना पैदल यात्रुसहित हायसमा सवार ५ जना घाइते भएका थिए ।
हायसको ठक्कर बाट पैदल यात्रु तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ निवासी ५८ बर्षीया सीता डाँगीपनि गम्भीर घाइते भएकी छन् ।
उनको बाँकेमा उपचार भइरहेको छ ।
चालक सुर्खेत जिल्लाको विरेन्द्रनगर नगरपालिका निवासी २४ बर्षीय करण परियारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनी पनि सामान्य घाइते भएका छन् ।