593 views 0 secs 0 comments

गैंडाकोट चोकमा रहेको एक सुनचाँदी पसलमा ५० लाख बढीको सुन र नगद चोरी…

In समाज
१८ फाल्गुन २०७६, आईतवार १०:३२

पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका– ४ कांग्रेस चोकमा रहेको एक सुनचाँदी पसलमा चोरी भएको छ ।
कांग्रेस चोकमा रहेको मोनिका सुनचाँदी पसलबाट ७० तोलाभन्दा बढी सुन र ८ लाख नगद चोरी भएको पसल धनि उमेश गहतराजलाई उद्धृत गर्दै इलाका प्रहरी कार्यालय गैंडाकोटले जनाएको छ ।आइतबार बिहान पसल खोल्न आउँदा मात्र पसलमा चोरी भएको थाहा पाएको गहतराजले जानकारी दिए । इलाका प्रहरी कार्यालय गैडाकोटका प्रहरी निरीक्षक चन्द्र थापाले घटनाको अनुसन्धान भइरहेको बताए । प्रहरीले पसल र पुलचोकमा रहेका सीसीटीभी फुटेजको आधारमा घटनाको अध्ययन गरिरहेको जनाएको छ ।