786 views 0 secs 0 comments

काठमाडौँको न्यूप्लाजामा पोलमा घाँटी च्यापिएर ट्याम्पो चालकको मृत्यु

In देश, समाज
२८ पुष २०७४, शुक्रबार १४:४९

काठमाडौं। काठमाडौंमा शुक्रबार पोलमा घाँटी च्यापिएर ट्याम्पो चालकको ज्यान गएको छ । यो घटना काठमाडौँको न्यू प्लाजा नजिकै घटेको हो । टाउको बाहिर निकालेर पार्किङस्थलबाट टेम्पो सडकमा निकाल्ने क्रममा पोलमा घाँटी च्यापिएर चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सामाखुशी बस्दै आएकी झापा महारानीझोडा गाउँपालिका–८ की ४३ वर्षीया तुलसा थापाको ज्यान गएको हो । टेम्पो ब्याक गरी सडकमा निकाल्ने क्रममा पार्किङ स्थलमा रहेको फलामको पोलमा तुलसाको घाँटी च्यापिएको थियो । उनको उपचारको क्रममा राष्ट्रीय ट्रमा सेन्टरमा मृत्यु भएको हो ।