फागुन २५ मा आउने भयो शिल्पा र छविको ‘मंगलम’, पृथ्वी र पुष्पमा कस्ले बाजी मार्ने ?

In मनोरञ्जन
३० पुष २०७४, आईतवार ११:४५

असोज ११ चलचित्र ‘छक्का पञ्जा २’लाई हल छोडेर फागुन ४ मा रिलिजको तयारी रहेको निर्माता छविराज ओझाको चलचित्र ‘मंगलम’ले फेरी पनि प्रदर्शन मिति सारेको छ ।अब ‘मंगलम’ फागुन २५ गते रिलिज हुने वितरक गोपालकाजी कायस्थले जानकारी दिएका छन् ।

मंगलमको रेली सरे सँगै फागुन ४ मा श्वेता खड्काको ‘कान्छी’ अब सोलो रिलिज हुने भएको छ । छविराज प्रोडक्शनको ब्यानरमा निर्माण भएको चलचित्रमा शिल्पा पोख्रेल, पृथ्वीराज प्रसाइ, पुष्पल खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भूमिका छ । चलचित्रलाई नवल नेपालले निर्देशन गरेका हुन् ।

यसै चलचित्रमार्फत नायिका शिल्पा पोखरेल निर्मात्रीको रुपमा समेत देखा पर्दैछिन् । केही समय अघि छवीराज ओझा र नायिका पोखरेल बीच विहे भैसकेको समेत चर्चा नेपाली सिने उद्योगमा चलेको छ ।

चलचित्रलाई विष्णु घिमिरेले छायाँकन दिपक शर्माले संगित, कविराज गहतराजले नृत्व निर्देशन र मित्रदेव गुरुङले सम्पादन गरेका हुन् । गोविन्द फुँयालको कथा रहेको मंगलमम्मा दिजेन्द्र शाक्या, साकार ओझा, र ओम गुरुङको समेत लगानी रहेको छ ।चलचित्रको यस अघि सार्वजनिक चलचित्रको ‘पर्खा पर्खा मायालु ‘बोलको गीतलाई निकै रूचाइएको छ ।