607 views 0 secs 0 comments

बिरामीको पेटबाट निस्कियो स्टिलको गिलास, डाक्टर तीनछक !

In देश, समाज, स्वास्थ्य/जीवनशैली
१५ मंसिर २०७४, शुक्रबार १२:२८

बिरामीको पेटबाट स्टिलको गिलास निस्किएको घटनाबाट स्वयं डाक्टर मात्र होइन आफन्तजन र घटना सुन्नेहरु समेत तीनछक परेका छन् ।

घटना छिमेकी मुलुक भारतको मध्य प्रदेशस्थित सतनाको हो । त्यहाँका एक ५५ वर्षीय पुरुषको पेटबाट स्टिलको गिलास डाक्टरहरुले निकालेका छन् ।

सतनास्थित सार्थक अस्पतालमा पेट दुखेको र झाडापखाला लागेको भन्दै एकजना विरामी उपचारका लागि आए । त्यसपछि डाक्टरहरुले उनलाई पेटको एक्सरे गर्न सल्लाह दिए ।

एक्सरे रिपोर्ट हेर्दा त डाक्टरहरु झसंग भए । उनको पेटमा त स्टिलको गिलास पो छ ।

डाक्टरहरुले तत्कालै विरामीको शल्यक्रिया गरी उसको पेटबाट स्टिलको गिलास निकाल्न सफल भएका छन् । अहिले ती विरामीको अवस्था सामान्य रहेको बताइएको छ ।

उनको पेटभित्र स्टिलको गिलास कसरी पुग्यो भन्ने चाहिँ प्रष्ट हुन सकेको छैन ।