555 views 0 secs 0 comments

इलामको एक डेरी उद्योगमा आगलागी, एक लाख बराबरको क्षति

In देश, समाज
१३ मंसिर २०७४, बुधबार १५:२६

इलाम, मंसिर १३ – इलामको सूर्योदय नगरपालिका–६ हर्कटेमा रहेको दुग्द्य डेरी उद्योगमा आगलागी भएको छ ।  बुधबार बिहान आगलागी हुँदा उद्योग पूर्णरुपमा जलेर नष्ट भएको छ ।

आगलागीबाट एक लाख रुपैयाँ बराबरको क्षति भएको  जिल्ला प्रहरी कार्यलय इलामले जानकारी दिएको छ ।

उद्योगमा विद्युत सर्ट भई आगलागी भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको प्रहरीले छ । झण्डै  ६०  लाखको लगानीमा खगेन्द्र शिवाकोटी र अर्जुन शिवाकोटीले  डेरी भरखरै मात्र संचालनमा ल्याउनु भएको हो ।