669 views 0 secs 0 comments

सुनको मूल्यमा सामान्य वृद्धि…

In देश
२७ पुष २०७६, आईतवार १३:१३

नेपाली बजारमा आइतबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य ७५ हजार रुपैयाँमा कारोबार भएको छ । 
यसअघि शुक्रबार छापावाल सुन तोलामा ७४ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । 
यस्तै तेजावी सुन आइतबार ७४ हजार ७०० मा कारोबार भएको छ । 
चाँदी भने तोलामा ८९० रुपैयाँमा कारोबार भएको छ । शुक्रबार चाँदीको मूल्य ८८५ रुपैयाँमा कारोबार भएको थियो ।