710 views 3 secs 0 comments

हिरोइनका छोरी पढाइतिर, हिरोका छोरा स्टार

In देश, मनोरञ्जन
१४ मंसिर २०७४, बिहीबार १३:१७

काठमाडौं : आफ्नो जमानाका सुपरस्टार नायिकाका छोरीहरू अहिले नायिका बन्ने उमेरका भइसके। पढाइ र सुन्दरताका हिसाबले पनि उनीहरू आमाहरूभन्दा उम्दा देखिन्छन्। तर, विदेशमा पढेका उनीहरू आमाको पथ पहिल्याउन भने उत्साहित देखिएका छैनन्। र, आमाहरू पनि छोरीहरूलाई ग्ल्यामरको रंगीन दुनियाँमा ल्याएर आफू हिँडेकै बाटोमा हिँडाउन तयार भइसकेका छैनन्। उनीहरू छोरीहरूलाई आफ्नो रंगीन दुनियाँभन्दा टाढै राख्न खेजिरहेका छन्।

तर, तिनै नायिकाका समकालीन नायक तथा अभिनेताहरूले भने आफ्ना छोराहरूलाई अफ्नै थपमा हिँडाएर अहिले स्टार बनाइसकेका छन्। अहिले तिनै पुराना नायक तथा कलाकारका छोराहरूले उद्योग धानिरहेका छन्, उद्योगका महँगा स्टारको पगरी गुथिरहेका छन्।

आफू उद्योगमा एक नम्बरमै रहेका बेला नायिका करिश्मा मानन्धर छोरी कविताको अध्ययन तथा भविष्यका लागि भन्दै अमेरिका लागेकी हुन्। आफ्नोभन्दा पनि छोरीको अध्ययनका लागि अमेरिका बसेको बताउने करिश्मा अहिले पूर्णकालीन रूपमा स्वदेश फर्केकी छन्। अभिनय तथा राजनीतिलाई एकसाथ अघि बढाइरहेकी उनकी छोरी कविता अध्ययन तथा सुन्दरतामा आमाभन्दा उम्दा छिन्। तर, उनलाई नायिका बनाइहाल्ने योजनामा भने करिश्मा देखिएकी छैनन्। ‘कता जाने भन्ने उनीहरूको चाहनामा भर पर्छ। उनीहरू जेमा रुचि राख्छन् त्यसमै करिअर बनाउन दिनुपर्छ। हाम्रो इच्छाले केही हुँदैन’, करिश्माले भनिन्। करिश्माले आफ्नै निर्देशनबाट छोरीलाई डेब्यु गराउने चर्चा चले पनि अहिले त्यो चर्चा सेलाएको छ।

Image may contain: 3 people, sunglasses

एक जमानाकी नम्बर वान नायिका झरना थापा अहिले आफ्नो निर्देशनमा बनेको चलचित्र ‘ए मेरो हजुर-२’ प्रदर्शनको क्रममा अस्ट्रेलियामा छिन्। यही चलचित्रको एउटा कार्यक्रममा देखिएकी उनकी छोरी सुहानीको चर्चा पनि कुनै नायिकाको भन्दा कम भएन त्यतिबेला। उच्च शिक्षा अध्ययन गरिरहेकी उनी पनि नायिका बन्ने उमेरकी भइसकेकी छन्। तर, नायिका थापाले पनि छोरीलाई आफू हिँडेको ग्ल्यामरको संसारभन्दा टाढा नै राखेर पढाइन्। स्कुले शिक्षा सुहानीले होस्टेलमा बसेर मल्पी स्कुलबाट पूरा गरेकी हुन् भने उच्च शिक्षा पनि उनी यो रंगीन संसारभन्दा टाढा नै रहेर पूरा गर्दै छिन्। ‘छोरीले चाहना राखेको बेलामात्रै हामीले अनुमति दिने हो। उनीहरूले कुन बाटो रोज्छन् त्यतै जान दिनुपर्छ’, झरनाले एक कार्यक्रममा भनेकी थिइन्।

 

उनीहरूकै समकालीन अर्की नायिका पूजा चन्दकी छोरी दिव्या पनि सुन्दर र निकै ट्यालेन्टेड छिन्। छोरीकै भविष्यका लागि अमेरिका पलायन भएकी पूजाले छोरीलाई भने आफ्नो लाइनतिर ल्याइनन्। अहिले पनि अध्ययन गरिरहेकी दिव्याको भविष्यका लागि पूजा आफूले लामो समय बिताएको क्षेत्रबाटै टाढै बसिन्। नायिकाहरूले आफ्नो समयमा गरेको संघर्ष र दुःख सम्झेर पनि छोरीहरूलाई आफ्नो पथमा ल्याउन आनाकानी गरेका आकलन गर्नेहरू धेरै छन्। तर, नायकहरू भने छोराहरूलाई आफ्नो स्टारिजम हस्तान्तरण गर्न चाहन्छन्।

Image may contain: 2 people, people smiling, stripes and closeup

त्यसैले उनीहरूले छोराहरूलाई सानैदेखि आफ्नै पथमा हिँडाएर तयार पारे। नायक भुवन केसी अब चकलेटी रहेनन् तर उनले छोरा अनमोललाई चलचित्र उद्योगमा ल्याएर अहिले चकलेटी स्टार बनाए। आफ्नै ब्यानरबाट स्टार बनाएका भुवनका छोरा अनमोल उद्योगका सबैभन्दा महँगा स्टारका रूपमा परिचित छन्। उनी अहिले एउटा चलचित्रको पारि श्रमिक २० देखि ४० लाख रुपैयाँसम्म डिमान्ड गर्ने भइसकेका छन्। ‘अब मेरो बिँडो अनमोलले धान्छ। उद्योगले ऊबाट धेरै ठूलो अपेक्षा गरेको छ’, भुवनले भने।

Image may contain: 2 people, people smiling, people standing

निर्देशक तथा अभिनेता शोभित बस्नेतका छोरा सलोन पनि उद्योगका अर्का स्टर हुन्। शोभितले सलोनलाई बालकलाकारदेखि नै उद्योगमा प्रवेश गराएका हुन्। बालकलाकारका रूपमा सलोनले धेरै अवार्ड जितेका थिए भने नायकका रूपमा पनि अहिले रुचाइएका स्टारमा पर्छन्। नायकका रूपमा छोरालाई तयार पार्न शोभितले निकै मेहनत गरेका छन्। आफ्नै साथमा लिएर उनले छोरालाई ट्रेनिङ दिए।

Image may contain: 2 people, sunglasses and closeup

नेपाली चलचित्र उद्योगका भेटेरान अभिनेता टीका पहाडीले छोरा गौरवलाई प्रशिक्षित गराएर उद्योगमा प्रवेश गराएका छन्। आफैं पनि पूणें इन्स्टिच्युटबाट अभिनय शिक्षा लिएका टीकाले छोरा गौरवलाई पनि अभिनय प्रशिक्षण गराएरै उद्योगमा प्रवेश गराएका हुन्। गौरव अभिनीत चलचित्र मात्रै होइन म्युजिक भिडियोसम्मले चर्चा पाउने गरेको छ। ‘सुन साइँली… चालीस कटेसी रमाउँला’ बोलको म्युजिक भिडियोसम्म अहिले सर्वाधिक हेरिने सूचीमा परेको छ। चलचित्रमा पनि उनको डिमान्ड बढ्दै गएको छ। उता निर्देशक नारायण पुरीले पनि छोरा